शिबगञ्ज, २२ वैशाख–लामो समय कांग्रेस राजनीतिमा सक्रिय झापा शिबसताक्षी–६ शिबगञ्जका सामाजिक अगुवा सन्तोस इजमको पछिल्लो समय अस्तव्यस्त छ । कांग्रेसवाट नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेर शिबसताक्षी–६ का वडा अध्यक्ष पदमा उम्मेद्वारी मनोनयन (दर्ता) गरेका इजमको दैनिकी वडाभित्रका मतदाताहरुको घरदैलोमा बित्ने गरेको छ ।

सन्तोष इजमको बुबा र बाजेसम्म नेपाली कांग्रेस पार्टीमा थिए । बुबा त साविक शिबगञ्ज–३ को वडा अध्यक्षसम्म भएर जनताको असल र इमान्दार प्रतिनिधि भएर काम गरे ।

बुबाको आदर्श र बिचारमा प्रतिबद्ध इजमले कांग्रेसको राजनीतिबाट टाढिने योजना बनाए । खासगरी, कांगे्रेसभित्र गुट वा उपगुटले पार्टीलाई कमजोर बनाएको र टिकट बितरणमा देखिएको बिकृती र व्यथिति बिरुद्ध सन्तोसले कयौं पटक बोले तर सुनवाई भएन । सुधारको आशा गरे तर कहिल्यै सुधार वा परिवर्तन भएन ।

उनी अहिले शिबसताक्षी–६ मा वडा अध्यक्ष पदमा प्रत्यासी छन् । उनीसँगै एमालेबाट लोकबहादुर रोक्का, कांग्रेसबाट मनोज खुलाल र राप्रपाबाट चन्द्रमणी पौडेल अध्यक्षका प्रत्यासी हुन् ।

असल नेतृत्व र इमान्दार कार्यशैलीप्रती विश्वास राख्ने सन्तोस इजमको लोकप्रियता पछिल्लो समय बढ्दै गएको छ । शिबगञ्ज बजारमा सधै सक्रिय युवा नेतृत्व इजमले खेलकुदको क्षेत्रमा शिबसताक्षी–६ मा अत्यन्तै ठूलो योगदान गरेका स्थानीय मतदाताहरु बताउँछन् ।

सरल र असल जीवनशैलीका कारण एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार सन्तोष इमजको चर्चा र लोकप्रियता मतदाताहरुबीचमा बढ्दै गइरहेको छ । शिबसताक्षी–६ का मतदाताहरुको घरदैलोमा भेटघाट गर्न पुगेका इजमलाई वडावासीहरुले ठूलो आशा र भरोषा गरेका छन् ।

उनले एक पटक युवा नेतृत्वलाई अवसर दिनुपर्ने बताए । पटक पटक अवसर पाउने तर विकासको कुरालाई प्राथमिकतामा नराख्ने राजनीतिक दल वा व्याक्तिलाई यस पटक चिन्नुपर्ने इजमले बताए ।

उनले अघिल्लो पटक अध्यक्ष भइसकेका र उमेरले ६० नाघिसकेका पार्टी नेतालाई वडा अध्यक्षमा निर्वाचित गर्न नहुने इजमको बिचार छ । इमज भन्छन्–पार्टी जुनसुकै होस् तर युवा नेतृत्वलाई काम गर्ने अवसर दिनुहोस ।

घर दैलोमा व्यस्त इजमलाई मतदाताहरुले वडाभित्रका समस्याहरु राखेका छन् । कनकाई नदी, सतासी खोला लगायत अन्य साना खोल्सा खोल्सीहरुले बाढीको समयमा गर्ने क्षति र यसलाई नियन्त्रणदेखि बजारको आधुनिकरण, बजारको विस्तार, सुरक्षा, अस्पताल व्यवस्थापन, विद्यालयको शैक्षिक सुधार, सडक, कृषि लगायतका विषयमा वडा अध्यक्ष पदका उम्मेद्वार इमजलाई मतदाताहरुले अवगत गराएका थिए ।

शैक्षिक, आर्थिक, कृषि र राजनीतिक दृष्ट्रिकोणले जिल्लामै परिचित शिबगञ्जमा नेकपा (एमाले) र नेपाली कांग्रेस पार्टीभित्र टिकट वितरणमा देखिएको बिबादले उम्मेद्वार र मतदाताहरुबीचमा खटपट आलै छ ।

इजमले मतदाताहरुलाई एक पटक अवसर प्रदान गर्न कलम चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *