काठमाडौं, २३ वैशाख–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा प्रतिगमन एक्लो नभएको बताएका छन् । आज ९शुक्रबार० काठमाडौंको शान्तिवाटिकामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा प्रतिगमनकारी शक्ति एक्लो नभएको र पाँच दलीय गठबन्धन भन्दा पनि बलियो रहेको बताए ।

उनले गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धि खतरामा परेकाले सबैभन्दा पहिले जनमोर्चाले त्यसविरुद्ध आवाज उठाएको बताए ।

‘पाँच दलमा प्रशस्त मतभेद छन् । गठबन्धन भनेकै मिलेको कुरामा मात्रै मिल्ने हो नि । अहिलेको अवस्थामा पनि ओली प्रवृत्तिविरुद्ध हामी यही रूपमा मिलेर आएका हौँ,’ अध्यक्ष केसीले भने, ‘ममाथि धेरैसँग मिल्यो भन्ने आरोप छ ।

हामीले ६ महानगरमा दाबी गरेका छैनौं, आफ्नो शक्ति पनि हुनुपर्‍यो नि । गठबन्धनभन्दा बलियो छ प्रतिगमन, नेपालमा प्रतिगमन एक्लै छैन, ऊ अहिले पनि शक्तिशाली छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी र प्रजातन्त्रवादी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएपछि प्रतिगमनले घुँडा टेकेको पनि बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *