दमक, २३ वैशाख–नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपालले दमक नगरपालिकाको वडा नं ५ मा वडा अध्यक्षको उम्मेद्वारी दिनुभएको छ । शिक्षण पेशाबाट पछिल्लो समय सामाजिक सेवामा सक्रिय नेपालले दमक ५ को वडा अध्यक्षमा उम्मेद्वारी दिनुभएसँगै वडाका मतदाताहरुबीच भेटघाटमा व्यस्त हुनुहुन्छ ।

त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियू सचिव महेश घिमिरेले दमक नगरको उपप्रमुखमा उम्मेद्वारी दिनुभएको छ । विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरी दमकमा शहकारी र सामाजिक क्षेत्रमा स्थापित युवा नेता घिमिरेको उम्मेद्वारीले दमकका युवाहरुबीचमा अलगै चर्चा र लोकप्रियता बढ्दै गएको छ ।

शुक्रबार, पार्टी नगर कमिटी अन्तर्गत चुनाव परिचालन तथा प्रचार प्रसार समितिद्वार दमक ५ को क्याम्पस मोडस्थित मतदाताहरुको घरदैलो कार्यक्रमको आयोजना गरिएको थियो । सो क्रममा वडा अध्यक्षका उम्मेद्वार हरि नेपाल र नगर उपप्रमुखका उम्मेद्वार महेश घिमिरेसहितको टोलीले मतदाताहरुबीचमा प्रत्यक्ष भलाकुसारी गर्दै कलम चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

दमक ५ मा हिजो (बिहिबार) वृहत र्याली प्रर्दशन गरिएको थियो । सो वडाको मुख्य मुख्य सडक र चौकहरुमा एकीकृत समाजवादीद्वारा वृहत र्यालीमा उत्साहजनक सहभागिता रहेको निर्वाचन परिचालन समितिका संंयोजक एबम् प्रदेश कमिटी सदस्य सुवास सुवेदीले जानकारी दिनुभयो ।

सो र्यालीमा प्रदेश कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भतरबाबु कार्की, केन्द्र प्रसाई, शान्तिराम आचार्य, जिल्ला सचिव मणि भण्डारी, जिल्ला कमिटी सदस्य तथा दमक २ का वडा अध्यक्षका उम्मेद्वार टीकाराम प्रसाई, अखिल फोर्सका केन्द्रीय उपाध्यक्ष रोशन भण्डारी, अनेरास्ववियू केन्द्रीय सदस्य मदन गुरुङ, अखिल फोर्स दमक अध्यक्ष एबम् दमक ९ का वडा सदस्यका उम्मेद्वार रतन चाम्लिङ राई, युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, युवा संघ दमक अध्यक्ष दिपक भट्टराई, राजु भट्टराई, चन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

आजै, निर्वाचन परिचालन तथा प्रचार प्रसार समितीद्वार दमक–२ मा वडा अध्यक्षका उम्मेद्वार टिकाराम प्रसाई, वडा सदस्यका उम्मेद्वार सुमन अधिकारी र नगर उपप्रमुखका उम्मेद्वार महेश घिमिरेले घरदैलो कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *