दमक, २३ वैशाख–आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै आइरहेको छ । हामी हाम्रोलाई भन्दा राम्रोलाई जिताउन उदेश्यका साथ वैशाख ३० गतको निर्वाचनमा मतदान गर्न आतुर छौं ।

देशमा धेरै पटक विभिन्न खालका चुनावहरु सम्पन्न भए । हामीले बिगतमा पनि मतदान गर्यौ । आफ्नो पार्टी वा आफनो मान्छेलाई भोट दिएर बिजय गरायौं । तर, यस पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी वा आफ्नो मान्छेलाई भन्दा असल र सफल व्याक्तित्व भएका मान्छेलाई भोट दिएर पठाउ ।

यस्तैं, असल र सफल व्याक्तित्व भएकी पात्र हुन्, दमक–४ मा महिला वडा सदस्यका उम्मेद्वार अनिमा तामाङ । दमक–४ ताराबारी निवासी तामाङले यसपटक गठबन्धनको तर्फबाट महिला वडा सदस्य पदको उम्मेद्वारी दिएका छिन् । उनी नेकपा (माओवादी केन्द्र) दमक नगरकी नेत्री हुन् ।

वडा स्तरीय चुनावी प्रचार प्रसार, टोल स्तरीय घरदैलो र अन्य सभा समारोहमा मतदाताहरुबीचमा अलग पहिचान बनाउन सफल अनिमा तामङको लोकप्रियता र चर्चा दुबै बढ्दै गएको छ ।

दर्जनौ संघ–संस्थामा सक्रिय रहेर सामाजिक र राजनीतिक जीवन बिताइरहेकी तामाङले समग्र दमककै महिला अधिकारको क्षेत्रमा काम गरिरहेका छिन् । उनी लामो समयदेखि शोषित, पीडित महिलाहरुको पक्षमा काम गर्दै आइरहेका छिन् । आदिवासी जनजाति महिलाहरुको तर्फबाट दमकमा प्रतिनिधित्व गर्ने एक अग्रणी नेत्रीको रुपमा परिचित छिन् ।

स्थानीय टोल विकास संस्था, तामाङ समुदायको साझा संस्था नेपाल तामाङ घेदुङ संघ, बौद्ध गोम्बामा समेत उनको सक्रियता छ । त्यसोत उनी दमकस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा समेत काम गरिहेकी छिन् ।

सरल र मिजाशिलो स्वभाव भएकी अनिमा तामाङलाई दमक–४ का मतदाताहरुले मतदान गरेर महिला वडा सदस्यको रुपमा बिजय गराउन सके महिलाहरुको क्षेत्रमा होस या आदिवासी जनजाती पक्षमा ठूलो बिजय हुने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *