दमक, २४ वैशाख–वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाको दमक–२ का वडा अध्यक्ष पदका उम्मेद्वार टिकाराम प्रसाईले मतदाताहरुको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वार बन्नुभएका प्रसाईले मतदाताहरुलाई कुनै ठूलो सपना बाडेका छैनन् । उनले दमकको विकास र समृद्धिका लागि र विकासमा नाममा हुने भष्ट्रचार नियन्त्रण गर्न एक पटक दमक २ मा वडा अध्यक्षमा बिजय गराउन मतदाताहरुलाई आग्रह गरेका छन् ।
प्रसाईसँगै दमक २ को वडा सदस्य पदमा सुमन अधिकारीले पनि नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उम्मेद्वारी दिएका छन् । प्रसाई र अधिकारीले वडाभित्रको मुख्य टोल–चोक र बजारमा यसअघि कलम चिन्हमा मतदान गर्न मतदाताहरुलाई सुझाएका छन् ।
केही दिन अघि मात्रै वडास्तरीय मोटर साइकल र्याली गरेका वडा अध्यक्षका उम्मेद्वार प्रसाई र वडा सदस्यका उम्मेद्वार अधिकारीको चर्चा बढ्दै गएको छ । त्यस्तैं, दमक २ मा निर्वाचन परिचालन तथा चुनावी प्रचार प्रसार सम्पर्क कार्यालय समेत यसअघि नै स्थापना भइसकेको छ ।
एकीकृत समाजवादी झापाका सचिवालय सदस्य प्रसाईको परिचय अरु धेरै छ । उन िगोर्खा स्पोटिङ क्लबका सचिव, अखिल नेपाल फुटबल संघ झापाका सदस्य हुन् । दमक ६ देबकोटा चौकस्थित सिद्धी मार्केट सहकारी संस्थाका अध्यक्ष समेत हुन प्रसाई ।
दमक २ भित्र अवस्थित सामुदायिक विद्यालयहरुको भौतिक अवस्थाको ुसुधार र शैक्षिका गुणस्तरको निम्ति गरिने प्रयासका बारेमा, कृषि उपज भूमिको विकास र कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य, सडक, सुरक्षा लगायत दतिल, सिमान्तकृत जाति वा समुदाय, आपाङता भएका व्याक्ति, जेष्ठनागरिक, बालबालिका, महिला, आदिवासी जनजातिको पक्षमा काम गर्नका लागि नगर उपप्रमुखसहित वडा अध्यक्ष र वडा सदस्य पदमा बिजयी गराउन नेकपा (एकीकृत समाजवादी) को चुनाव चिन्ह कलममा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
