दमक, २४ वैशाख–सोच बदलौ, पार्टी होइन राम्रो व्याक्ति रोजौं भन्ने उद्घोषसहित आसन्न स्थानीय तहको निर्वाचनमा दमक ४ बाट वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वार सुमन कार्कीको चर्चा क्रमशः बढ्दै गइरहेको छ । पार्टीलाई होइन अव असल र इमान्दार नेतृत्वको खाचो परिरहेको छ भन्ने बिचारका साथ दमक ४ का स्वतन्त्र उम्मेद्वार कार्कीले वडा सदस्यमा निर्वाचित भए वडामा जनमुखी कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
व्यवसायसँगै दमकको सामाजिक सेवामा सक्रिय कार्कीले दमक नगरको समग्र विकासमा युवा नेतृत्व आवश्यक परिरहेका बताउनुहुन्छ । पुरानो सोच अनि पुरानै योजनामा अवको दमकले जनताका कयौं चाहाना र आवश्यक्तालाई पुरा गर्न नसक्ने भएकोले वैशाख ३० गते शुक्रबार सम्पन्न हुने निर्वाचनमा पटक पटक सोचेर मात्र मतदान गर्न कार्कीले आग्रह गर्नुभयो ।
हाम्रो होइन, राम्रो मान्छेलाई चुन्नसके मात्रै आफ्नो वडा र आफ्नो पालिकाको विकासमा परिवर्तन ल्याउन सकिने वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वार कार्की बताउनुहुन्छ ।
वडा नं ४ को घरदैलोमा अभियानमा सक्रिय युवा व्यवसायी कार्कीले मतदाताहरुलाई मात्रे भेटेनन् । वहाँले वडाका जेष्ठ नागरिक र घरमा बृद्ध शरिरले ओच्छ्यानमा थला परेका बिरामी र अशक्तलाई पनि भेटेर आर्शिवाद माग्नुभएको छ ।
कोरानो कोभिडले विश्वभर त्राशले छाइरहेको समयमा वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वार कार्कीले दमकको दर्जनौ घर परिवारलाई राहत सामाग्रीहरु लिएर घर घरमा पुग्नुभएको थियो । निरन्तर लकडाउनको समयमा खासगरी कमजोर आर्थिक अवस्थाका मानिसहरुलाई र दैनिक ज्यालादारी गरेर जीविका पार्जन गर्नेहरुको चुल्होमा आगो नबल्दा खाने चामाल, दाल, नुन, चिनी लिएर उनी गरिव–बिपन्नको घर दैलोमा पुग्क्ष्नुभएको थियो ।
