दमक, २५ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले दमक नगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुख, तिन स्थानमा वडा अध्यक्षसहित ८ जना उम्मेद्वारलाई अघि बढाएको छ । नगर उपप्रमुखमा महेश घिमिरे, २ नम्बर वडामा वडा अध्यक्षमा टिकाराम प्रसाई, ५ नम्बर वडामा हरि नेपाल र १० नम्बर वडामा राम लुइटेललाई उम्मेद्वार बनाएको छ भने वडा नं २, ९ र १० मा वडा सदस्य पदका उम्मेद्वारलाई नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमा अघि बढाएको छ ।
यसैबीच, दमक नगरपालिकाको १० वटै वडाको विभिन्न टोल, चौक र बजारमा एकीकृत समाजवादीले आफ्नो चुनावी प्रचार प्रसारसहित घरदैलोका कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । निर्वाचन परिचालन समितिका संयोजक एबम् एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य सुवास सुवेदीका अनुसार नगरको सवै वडामा टोल स्तरीय भेला, र्याली र कोणसभाका कार्यक्रमहरु भइसकेको छ । त्यसैगरी, नगरको सवै वडामा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डालाई प्रदर्शशन गरिने र उम्मेद्वारलाई मतदान गर्ने सम्बन्धी मतदाताहरुलाई प्रशिक्षण गराइएको निर्वाचन परिचालन समितिका संयोजक तथा प्रदेश कमिटी सदस्य सुवेदीले बताउनुभयो ।
आज (आइतबार) दमक वडाँ नं ५ को पुरानो पाथिभारा एफएम, नबिन टोल, त्रिवेणी टोल लगायतका टोलहरुमा नगर उपप्रमुख पदका उम्मेद्वार र वडा अध्यक्ष पदका उम्मेद्वार हरि नेपालले घरदैलो गर्नुभएको छ । घरदैलोमा नेकपा (एस) वडा कमिटी अध्यक्ष युबराज घिमिरे लगायत जिल्ला, प्रदेश। युवा र विद्यार्थी नेताहरुको सहभागिता थियो ।
उपप्रमुख पदका उम्मेद्वार घिमिरे नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष हुनुहुन्छ भने ५ नम्बर वडाका वडा अध्यक्ष पदका उम्मेद्वार जिल्लिा कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हुनुहुन्छ ।
लामो समय विद्यार्थी राजनीतिबाट दमकमा स्थापित घिमिरे दमकस्थित कलश सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । त्यसैगरी, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य घिमिरे सोही क्याम्पसमा अनेरास्ववीयुबाट निर्वाचित स्ववियू सचिव हुनुहुन्छ ।
यता, वडा अध्यक्ष पदका उम्मेद्वार हरि नेपाल दमकका पुराना कम्युनिष्ट नेता हुन् । लामो समयदेखि दमकको एमाले राजनीीतबाट सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।
हिजो (शनिबार) बिहान दमक–८ को किराँत चौक आसपासका टोलहरुमा घरदैलो गरिएको र दिउसो दमक १ को फाल्गुनन्द चौकसहित विभिन्न टोलहरुमा घरदैलो गरिएको छ ।
