काठमाडौं, २५ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन्। उनले सत्तारुढ गठबन्धनले आइतबार पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेससँग यस्तो आग्रह गरेका हुन्।
उनले दम्भकै कारण नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि विनाश हुने निश्चितप्रायः भएको बताए। ‘कहिलेकाहीँ कांग्रेसमा दम्भ देखिन्छ( हामी धेरै शक्तिशाली छौँ। दम्भ नराख्नुस्‚‘ उनले भने‚ ‘त्यही दम्भले केपीको विनाश गर्यो। दम्भ राख्नुभयो भने तपाईंको पनि विनाश हुनेबाहेक अरु केही उपाय हुँदैन।’
उनले पाँचदलीय गठबन्धनमा रहेका सबैसँग अरुको अस्तित्व पनि स्वीकार्न अनुरोध गरे। ‘सबैको शक्तिलाई स्वीकार गर्नुपर्छ। त्यत्तिकै उम्रिएर आएका होइनन् अरुहरू,ु उनले भने, ुइतिहासका कालखण्डमा दशकौँ बिताएका छन्। ५ दशक त मैले नै बिताइसकेँ। ५० वर्षको लामो यात्रामा पार्टी निर्माण गरियो, आन्दोलन हाँकियो।’
