धरमपुर, २६ वैशाख–स्थानीय तह निर्वाचन अन्तर्गत झापाको शिबसताक्षी–२ मा वडा अध्यक्ष पदका उम्मेद्वार काजीमान बुडाथोकी र वडा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार राजेन्द्र ढुंगानाले घरदैलोसँगै मतदाताबीचमा साझा घोषणा पत्र लिएर पुग्नुभएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नगर स्तरीय र वडामा गठबन्धनबाट साझा उम्मेद्वार बिरुद्ध नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार दिएका बुडाथोकी र ढुंगानाको उम्मेद्वारीमा वडावासीको साथ र समर्थन बढ्दै गएको छ ।

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय बुडाथोकी वडा नं २ को वडा सभापती हुन् । फर्निचर व्यवसाय गर्नुहुने बुडाथोकीले पार्टी नेतृत्वमा आउनुअघिदेखि स्थानीय स्तरमा आयोजना हुने खेलकुद, उत्सव, महोत्सव, मेला लगायत स्वास्थ्य, शिक्षा र सडक निर्माणमा आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् । वडाभित्र हुने बिवाह होस या मृत्यू संस्कारमा बुडाथोकीले दाउरा निःशुल्क उपलब्ध गराउदै आएका छन् । त्यसो त स्थानीय स्तरमा भएका गोल्डकप, टुनामेन्ट वा सामान्य खेलकुदका कार्यक्रममा उनले आर्थिक सहयोग जुटाउदै आइरहेका छन् । त्यसैगरी, तत्कालिन धरमपुर गाविसको कार्यालय भवन निर्माणमा होस, प्रहरी चौकी निर्माणमा होस, मठमन्दिर र खोम केन्द्र (स्वास्थ्य संस्था) मा फर्निचरका सामाग्रीहरुसहित आर्थिक सहयोग समेत गर्दै आइरहेका छन् ।

२०२६ मा तेह्रथुममा जन्मिएका बुडाथोकीले तोपगाछी (हालः कलम गाउँपालिका) समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरेका हुन् । उच्च शिक्षाको क्रममा उनले काठमाण्डौस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनसँगै नेपाल बिद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका थिए ।

उनले सिद्धी बिनायक गणेश मन्दिर, बलेनी खोलामा काठे पुल निर्माण, हिमाली खोप केन्द्र, गाविस भवन धरमपुर, प्रहरी चौकी मंगलबारे लगायतमा ठूलो सहयोग गरेका छन् ।

बुबा डम्बर बहादुर र माता महेश्वरा बुडाथोकीका पुत्ररत्न काजीमान बुडाथोकीको सानैदेखि सामाजिक सेवामा रुचि थियो । हाल, ब्यवसायसँगै सामाजिक र राजनीतिमा सक्रिय बुडाथोकी नेपाली कांग्रेसको शिबसताक्षी–२ का सभापती हुन् ।

त्यसैगरी, वडा सदस्यका उम्मेद्वार राजेन्द्र ढंगानाको उम्मेद्वारीसँगै चर्चा बढ्दै गएको छ । खासगरी, उनी मंगलाबारे बजारमा संञ्चालनमा रहेको स्वतन्त्र बहुदेश्यीय सहकारी संस्थाका व्यवस्थापन हुन् । उनले गाउँमा दुध उत्पादनका लागि कृषि फार्म सञ्चालन गरेका छन् ।

उनी २०४३ मा पाँचथरमा जन्मिएका हुन् । उनले पाँचथरबाट एसएलसी र प्लसटु गरेर झापाको शिबसताक्षी २ मंगलबारेमा बसाई सराईको क्रममा आइपुगेका ढुंगाना अर्थशास्त्रको विद्यार्थी हुन् । अर्थशास्त्रबाट एमए गरिसकेका ढुंगानाले पिएचडी गर्ने तयारीमा छन् ।

काठमाण्डौंमा नै कांग्रेस सम्बद्ध नेविसंघको राजनीतिमा काम गरिसकेका ढुंगानाले बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा बसेर अनुभव बुटुलेका छन् ।

आँट, हिक्मतसहित योजना भएका ढुंगानाले वडा सदस्यमा निर्वाचित भएको खण्डमा वडाको मुहार परिवर्तनसँगै नगरको नमुना वार्ड बनाउने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *