शिबगञ्ज, २६ वैशाख–झापाको शिबसताक्षी नगरपालिकामा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) को तर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार नबीन इजमसहित वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्वारीहरुको घरदैलो कार्यक्रममा वडावासी मतदाताहरुको उत्साहजनक सहभागिता रहेको पाइयो । शिबसताक्षी नगरपालिकामा नगर उपप्रमु पदमा र केही वडामा वडा अध्यक्षसहित वडा सदस्य पदमा उम्मेद्वारी दिएको नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन, नेकपा (एमाले) र राप्रपा भिडन्त गर्ने भएको छ ।

शिबसताक्षी–७ का वडा अध्यक्षमा निर्वाचित हुदै नगर प्रवत्ताको जिम्मेवारी समेत भइसकेको इमजले नेकपा (एकीकृत समाजवादी) को तर्फबाट नगर उपप्रमुख पदमा उम्मेद्वारी दिएका छन् । उनीसँगै एकीकृत समाजवादीको तर्फबाट वडा नं ५ को अध्यक्ष पदमा बिरेन्द्र राजवंशीसहित वडाको टिम, वडा नं ६ को वडा अध्यक्ष पदमा सन्तोस इजमसहित टिम, वडा नं ७ का अध्यक्ष पदमा पूर्ण लावोतीसहित टिम र अन्य वडाहरुमा वडा सदस्य पदमा उम्मेद्वारी दिएको छ ।

इजम २०७४ सालको निर्वाचनमा सर्वाधिक मतसहित शिबसताक्षी–७ का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी, सोही नगरको प्रवत्ताको रुपमा समेत जिम्मेवारीमा रहेर अनुभव बटुलेका छन् । नेकपा (एकीकृत समाजवादी) को नगर कमिटी अध्यक्ष र जिल्ला कमिटी उपसचिव हुन् । उनी युवा संघका केन्द्रीय सचिवालय सदस्य हुन् ।

यता, शिबसताक्षी नगरको दक्षिणी पाँचगाछी क्षेत्रमा सामाजिक र राजनीतिक चर्चाका पात्र हुनः बिरेन्द्र राजवंशी । उनी पार्टीको वडा कमिटी अध्यक्ष हुन् । उनलाई पार्टीको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वारी बनाएको छ ।

आदिवासी समुदायबीचमा लोकप्रिय बिरेन्द्र राजवंशीले घरदैलोसहित वडाभित्र मतदाताहरुलाई भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।

शिबसताक्षी नगरको प्रमुख मुख्य बजारहरुमध्ये शिबगञ्ज बजारलाई केन्द्र बिन्दु बनाएर सामाजिक र राजनीतिमा सक्रिय पात्र हुनः सन्तोस इजम । उनी नेपाली कांग्रेसको विद्यार्थी र तरुण दलको जिम्मेवारमा रहदै राजनीतिमा प्रवेश गरेका थिए ।

खेलकुद क्षेत्रमा शिबगञ्जका पुराना खेलाडी हुन् इजम । उनी हालः नयाँ खेलाडीहरुको उत्पादन र उनीहरुको खेल विकासमा निरन्तर जुटिरहेका छन् ।

यता, वडा नं ७ का वडा अध्यक्षका उम्मेद्वार लावोतीको सामाजिक क्षेत्रमा ठूलो योगदान छ । बैदेशिक रोजगारबाट फर्केपछि उनले स्थानीय स्तरका संघसंस्थाहरु मार्फत सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याएको कारण लावोतीलाई एकीकृत समाजवादीले वडा अध्यक्ष पदका उम्मेद्वारमा अघि बढाएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *