दमक, २७ वैशाख–नेकपा (एकीकृत समाजवादी) को तर्फबाट झापाको दमक नगरपालिकामा नगर उपप्रमुख पदका उम्मेद्वार दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियू सचिवसमेत रहनुभएका क्याम्पस सञ्चालक समिति सदस्य महेश घिमिरेलाई बिजयी गराउन दमक बहुमुखी क्याम्पसका विद्यार्थी संघसंगठनले सहयोग गर्ने भएका छन् ।
एकीकृत समाजवादीसम्बद्ध अनेरास्वववियू दमक बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष आयुशमान पोख्रेलका अनुसार दमक नगर उपप्रमुख पदका उम्मेद्वार घिमिरेलाई दमक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र विद्यार्थी संघसंगठनले सहयोग गर्ने भएका छन् । घिमिरे दमक बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य हुन् । उनी सो क्याम्पसमा स्ववियू सचिवमा निर्वाचित विद्यार्थी नेता हुन् ।
पाँचथरबाट अध्ययनको शिलशिलामा दमक बहुमुखी क्ँयाम्पसमा आईपुगेका घिमिरे पछिल्लो समय परिवारसहित दमक–१ मा स्थाई बसोबास गर्छन् । विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका घिमिरेले सोही क्याम्पसको सञ्चालक समितिमा रहेर विद्यार्थीहरुको हक, हित र अधिकारका निम्ति महत्वपूर्ण योगदान गरिरहेको अनेरास्ववियूका अध्यक्ष पोख्रेलले बताए ।
अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई सहसचिव अब्जल सिटौलाले दमक नगरपालिकाको नगर उपप्रमुख पदमा बिजय गराउन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमार्फत रचनात्मक पहल सुरु गरिएको बताए ।
विद्यार्थी नेता सिटौलाका अनुसार वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट नगर उपप्रमुख पदमा उम्मेद्वारी दिनुहुने घिमिरेलाई राजनीतिक रुपमाले नभएर क्याम्पसको हित र विकासमा अहोरात्र काम गरेर विद्यार्थीहरुलाई सेवा र सुविधामा चिन्तित भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता भएको स्ववियू कार्यवहाक सभापति रोशन भण्डारीले जानकारी दिए ।
यता, विद्यार्थी नेता घिमिरेको उम्मेद्वारीसँगै दमक बहुमुखी क्याम्पसमा अध्ययनरत गठबन्धन (कांग्रेस, राप्रपा र माओवादी लगायत दलहरु) का विद्यार्थी नेताहरुले पनि नगर उपप्रमुख पदमा बिजय गराउने गोप्य सुचना प्राप्त भएको छ ।
गठबन्धनका एक विद्यार्थी नेताले नाम नखुलाउने सर्तमा भने–’दमक बहुमुखी क्याम्पसमा महेश दाईको योगदान उच्च छ । विद्यार्थीहरुलाई परेको समस्यामा बोल्न सक्ने र विद्यार्थीहरुको आशा अनि भरोसाका पात्र हुन् । त्यसैले यो स्थानीय निर्वाचनमा महेश घिमिरेका उम्मेद्वारीप्रती साथ र समर्थन छ । यो साथ र समर्थन राजनीतिक रुपमा नभएर भावनात्मक हिसावले हो ।’
