धरमपुर, २७ वैशाख–निर्वाचनको मिति नजिकिदैगर्दा उम्मेद्वारहरु मतदातालाई खुशी बनाउने अनेकौ योजना र कसरतमा छन् । धेरै उम्मेद्वारहरुले टिकटका लागि माथिल्लो नेताहरुलाई अनेकौ चाकडीवाजी गरेर प्राप्त गरको उम्मेद्वारले न त मतदाताको मन जीत्न सक्छ न त आफ्नै पार्टी कार्यकर्ताहरुको भावनालाई बुझ्न सक्छ ।

दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा यस्तै खालका घटनाहरु देखिन थालेका छन् । पछिल्लो समय, झापाको शिबसताक्षी २ मा नेकपा (एमाले) को तर्फबाट वडाअध्यक्षका उम्मेद्वार प्रदिप चिमोरियामाथि सोही पार्टीका अगुवा नेताहरुको असुटुष्टी छाएको छ । सो वडामा एमालेका पुराना नेता समेत रहनुभएका वडा अध्यक्षका एक दाबेदार दिपेश राईले अन्तराष्ट्रिय श्रमिक दिवसको दिन पारेर पार्टीवाट राजीनामा गरको घोषणा गरेका छन् । उनको राजीनामपछि एमाले वृतमा ठूलै तरगं ल्याएको छ ।

यता, नेकपा (माओवादी केन्द्र) बाट वडा अध्यक्षका उम्मेद्वार भीम नेम्बाङलाई भने वडावासीले बिगतमा पनि सम्मानजनक भोट दिएका थिए । फेरी, यसपटक उनको उम्मेद्वारी छ । उनको उम्मेद्वारीले वडामा चर्चा पाएको छ । वडा अध्यक्षका उम्मेद्वार नेम्बाङ धरमपुरस्थित मंगलबारे बजारका अध्यक्ष हुन् ।

कृषि फार्म र फर्निचर व्यवसायमा लामो समयदेखि कार्यरत नेम्बाङको लोकप्रियता बिगतको भन्दा बढ्दो छ । उनी सामाजिक क्षेत्रमा सक्रिय युवा नेतृत्व हुन् । दुख्खी, उत्पिडित र गरिवहरुको साहारको रुपमा उनलाई हेर्ने गरिन्छ ।

यता, कांग्रेसबाट स्वतन्त्र वडा अध्यक्ष पदमा उम्मेद्वारी दिनुहुने काजीमान बुडाथोकीको पनि चर्चा कम छैन् । उनको स्थानीय क्षेत्रमा सामाजिक योगदानको चर्चा गर्ने हो भने लामो बुद्धाहरु नै हुन्छ । उनी, पार्टीको निर्णयलाई अवज्ञागर्दै शिबसताक्षी–२ मा वडा अध्यक्ष पदमा स्वतवन्त्र उम्मेद्वारी दिएका छन् ।
्
त्यस्तैं, राप्रपाबाट सोही वडाका अध्यक्ष पदमा उम्मेद्वारी दिनुहुने डिबी बोहोरालाई पनि बलियो प्रतिद्धन्दीको रुपमा हेर्ने गरिन्छ । उनको मंगलबारे बजारमा व्यवसाय छ । सामाजिक सेवामा सक्रिय बोहोराले यसअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय देखिएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *