बिर्तामोड, २७ वैशाख–झापाको दमक नगरपालिकामा उपप्रमुख पदमा ९ जनाको उम्मेदवारी परेको छ । उनीहरु मध्येका एक हुन महेश घिमिरे । नेकपा (एकिकृत समाजवादी) को तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका घिमिरे दमक १ मा बसोबास गर्छन् ।
दमक बहुमुखी क्याम्पसमा अध्ययनरत हुदै अनेरास्ववियूको झण्डामुनी गोलबन्द भएका घिमिरेले सोही क्याम्पसमा भएको स्ववियू निर्वाचनमा सचिब पदमा सानदार मतसहित बिजयी भएका थिए । पूर्वको चर्चित क्याम्पस दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव भएपछि उनको चर्चा बढ्दै गएका थियो । उनले एमालेसम्बद्ध अनेरास्ववियूको दमक बहुमुखी क्याम्पस इकाई, क्षेत्रीय कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीसम्म बसेर काम गरेका छन् ।
उनी, हाल नेकपा (एकिकृत समाजवादी) का दमक नगर अध्यक्षको जिम्मेवारीमा छन् ।
उनै, घिमिरेलाई दमक नगरपालिकाको नगर उपप्रमुखमा निर्वाचित गराउन दमकका विद्यार्थीहरु र खेलाडीहरुको पहल सुरु गरेका छन् । आजै, उनलाई बक्सिङ, कराते, ट्राइगन्टो खेल क्षेत्रका प्रशिक्षक र खेलाडीहरुले आज एक कार्यक्रमबीच बिजयको शुभकामना दिएका छन् ।
सो क्रममा नगर उपप्रमुख पदका उम्मेद्वार घिमिरेलाई दमकका खेल संस्था र प्रशिक्षक–खेलाडीहरुको बद्धि विकासका लागि सहयोग गर्न माग गरको थिए । विद्यार्थी क्षेत्रबाट राजनीतिमा आएका युवा नेता घिमिरेलाई खेल क्षेत्रबाट दमक नगरको विकास गर्न र खेलाडीहरुको योगदानको कदर गर्न नितीगत योजना र कार्यक्रम बनाउन खेलाडी र प्रशिक्षकहरुले आग्रह गरेका थिए ।
खेलाडी र प्रशिक्षकहरुसँगको भेटघाट र शुभकामना पाएपछि नगर उपप्रमुखका उम्मेद्वार घिमिरेले खेल क्षेत्रका निम्ति आफ्नो र पार्टीको तर्फबाट सधै प्रतिबद्ध रहेर काम गर्नेमा जोड दिएका थिए ।
