धरमपुर, ३१ वैशाख–झापाको शिवसताक्षी–स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । शिबसताक्षीमा ६७।८५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
शिवसताक्षी नगरपालिकामा कुल मत संख्या ५५ हजार ३ सय ७८ रहेकोमा शुक्रबार सम्पन्न निर्वाचनबाट ३७ हजार ५ सय ७४ मत खसेको हो ।
जसअनुसार शिवसताक्षी वडा नं १ मा ३ हजार ८२ मत खसेको छ भने वडा नं २ मा ३ हजार १ सय ३६, वडा नं ३ मा २ हजार २ सय ८७, वडा नं ४ मा ३ हजार २ सय ८८, वडा नं ५ मा २ हजार ५ सय ७, वडा नं ६ मा ३ हजार ५७, वडा नं ७ मा ४ हजार ३ सय ९१, वडा नं ८ मा ४ हजार ६ सय ४६, वडा नं ९ मा ३ हजार ४ सय १८, वडा नं १० मा ३ हजार ३ सय १४ र वडा नं ११ मा ४ हजार ४ सय ४८ मत खसेको छ ।
शुक्रबार सम्पन्न निर्वाचन सौहार्दपूर्ण वातावरणका साथ सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ ।
