धरमपुर, १ जेष्ठ–झापाको शिवसताक्षी १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडामा खसेको कुल ३ हजार ८२ मतमध्ये ९ सय ४८ मत प्राप्त गरी नेकपा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका हुन् ।

चेम्जोङका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका दुर्गा नेम्बाङले ९ सय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेकै महिला सदस्यमा उमा माझीले एक हजार एक सय १९, दलित महिला सदस्यमा निर्मला पौडेल बराइलीले एक हजार एक सय २९, खुल्ला सदस्यमा नारायणप्रसाद रिजालले एक हजार एक सय १० र अर्का खुल्ला सदस्यमा पूर्णजङ चेम्जोङले एक हजार २९ मत प्राप्त गरी विजयी भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *