क्याम्पा (कमल) १ जेठ–नेकपा (एकीकृत समाजवादी) ले झापामा खाता खोलेको छ । कमल गाउँपालिकाको वडा नं २ मा एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पाटी) (जसपा) को संयुक्त गठबन्धनबाट वडा अध्यक्ष पदका साझा उम्मेद्वार अशोक सुब्बा र सम्पूर्ण प्यानलै बिजयी भएका छन् । एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्ष पदमा बिजयी हुने सुब्बाले आफ्ना प्रतिद्धन्दीलाई निकै फराकिलो मतान्तरले बिजय भएका हुन् ।
कमल गाउँपालिकाकास्थित निर्वाचन कार्यालयबाट प्राप्त सुचना अनुसार वडा अध्यक्षमा सुब्बाले १८६० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्दी नेकपा (एकाले) का उम्मेद्वारले १०३४ मत ल्याएका छन् । यता, राप्रपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वारले ३०२ मत ल्याएका छन् ।
त्यसैगरी, गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी कांग्रेससहित संयुक्त गठनबन्धनका साझा उम्मेद्वार हुकुमसिंह राईले ३६६५ म ल्याउदै आफ्ना प्रतिद्धन्दी नेकपा (एमाले) का भीम राईलाई पछाडी पारेका छन् । एमालेबाट गाउँपालिकाका अध्यक्षका उम्मेद्वार राईले २२१५ मत लाएका छन् ।
बिजयी भएपछि वडा अध्यक्ष अशोक सुब्बासहित वडा सदस्यहरुलाई गठबन्धनको तर्फबाट क्याम्पा बजार र वडाभित्रका मुख्य मुख्य चौक र गाउँमा परिक्रमा गराइएको थियो ।
सो क्रममा नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य तथा झापा सचिव मणी भण्डारी, एकीकृत समाजवादी कमल गाउँकमिटी अध्यक्ष होम प्रसाद बराल, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा झापा इन्चार्ज खगेन्द्र बाराकोटी, युवा संघ नेपालका झापा सदस्य दिपक नेपाल लगायतका नेताहरुले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
