दमक, २ जेठ–झापाको दमकमा कफी पारखीहरुका लागि स्थापना भएको ग्यारेज क्याफेको आजबाट औपचारिक सञ्चालनमा आएको छ । स्थापना भएको लामो समयपछि आज नेपाली चलचित्रका अभिनेता दयाहाङ राईले सो क्याफेको उद्घाटन गर्नुभएको छ । उद्घाटनको अवसरमा अभिनेता राईले ग्यारेज क्याफेको आर्कषक सजिसजावटले आफुलाई लोभ्याएको बताउनुभयो ।

अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, कलाकार बिजय बराल, कवि तथा कलाकार उपेन्द्र सुब्बा लगायत कदम थिएटरका कलाकारहरुको उपस्थिति रहेको थियो ।

दमक–६ मा रहेको ग्यारेज क्याफेका सञ्चालक लुका राईका अनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको समयमा क्याफेको तयारी गरेर सञ्चालनमा ल्याइएको हो । कोभिडको त्रास र उच्च सर्तकताका साथ क्याफेलाई संचालनमा ल्याइएको भएपनि विधिवत रुपले वा औपचारिक उद्घाटन भने नगरिएको सञ्चालक लुका राईले बताउनुभयो ।

पुराना सवारी साधनका विभिन्न पार्टसलाई सजिसजावट गरेर स्थापना गरिएको क्याफेलाई ग्यारेज क्याफेको नामकरण गरिएको हो, सञ्चालक राईले भन्नुभयो । राईका अनुसार पछिल्लो समय होटल, बेकरी, रेष्टुरेन्ट र क्याफेहरुको संख्यामा दिनानुदिन बृद्धि भइरहेको भएपनि आफ्नो क्याफेलाई अरुभन्दा फरक खालको बनाउन पुराना सवारीधानका पार्टसहरुलाई संकलन गरेर त्यसालई सजिसजावट गरिएको हो ।

झापाको शिबसताक्षी–११ दुधे निवासी राईले दमकमा कफी पारखीका लागि ग्यारेज क्याफे सञ्चालनमा ल्याएको बताउनुभयो । एक दशक बढी लामो समय बिदेशबाट फर्केका राईले ग्यारेज क्याफेलाई दमकबाट धरान, काठमाण्डौ र पोखरासम्म लैजाने आगामी योजना रहेको बताउनुभयो । ग्यारेज क्याफेलाई एउटा ब्राण्ड बनाउने तयारीमा छु, राईले भन्नुभयो–समयसँगै ग्यारेज क्याफेलाई धरान, पोखरा र काठमाण्डौसम्म पुरयाउनेछु ।

१० जना दक्ष जनशक्तिसहित सञ्चालनमा आएको ग्यारेज क्याफेमा रु ६५ लाख लगानी गरेको सञ्चालक राईले बताउनुभयो । सो क्याफेमा कफीका बिभिन्न आइटमहरुसहित बर्गर, पिजा, फास्टफुड, फे्रस जुस, चियो पेयपदार्थहरु लगायतका परिकारहरु उपलब्ध हुने सञ्चालक राईले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *