दुधे, २ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको मतगणना हिजो (आइतबार) साँझबाट रोकिएको छ । शिवसताक्षी नगरपालिकाको मतगणना सोमबारसम्म मतगणना सुचारु हुन सकेको छैन।

शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा मतपत्रको सङ्ख्या फरक देखिएपछि विवाद उत्पन्न भएको हो।

वडा नम्बर १ बाट वडाध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका दुर्गा नेम्बाङले आपत्ति जनाएपछि मतपत्र सङ्ख्या खोज्ने क्रममा गणना भएको मत हेर्दा ५४ मतपत्र हराएको देखिएको छ।

शिवसताक्षी–१ मा एमालेले जितिसकेको छ। मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ।

कारबाही स्वरूप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ अधिकृतका रूपमा शिवसताक्षी खटाउने कार्य भइरहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *