विराटनगर, ४ जेठ–धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पुनस् अग्रता लिएका छन् ।

यसअघि नेपाली कांग्रेसका उम्मरेदवार किशोर राईसँग ६८ मत अन्तरले पछाडि रहेका साम्पाङ पछिल्लो पछिल्लो परिणाम अनुसार ५० मतले अगाडि छन् ।

कांग्रेसका मेयर उम्मेदवार किशोर राईको शुरुदेखिकै फराकिलो अग्रतालाई लौरोधारी स्वतन्त्र उम्मेदवार हर्क साङपाङले रोकेर अघि बढेका छन् ।

पछिल्लो गणना अनुसार रुखको ८१२६ मत छ भने लौरोको ८१४० मत छ । एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित निकै पछाडि छन् । उपमेयरमा भने एमाले र कांग्रेसका उम्मेदवारको टक्कर छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *