काठमाडौँ, ४ जेठ–नेकपा (माओवादी केन्द्र( का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन्।

एमालेले मंगलबार संसद् बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्यो ।

राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पर्थ्यो,’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘ढिलै भएपनि विवेकले काम गर्यो । राम्रो गर्यो ।’

एमालेले यसरी नै आत्मसमीक्षा गरे वाम आन्दोलनको हितमा हुने समेत उनले बताएका छन् । ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्म्ससमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं,’ उनले भनेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *