रौतहट, ४ जेठ–रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा (एकीकृत समाजवादी) ले जितेको छ ।

एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए ।

यसैगरी उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित हुनु भएको छ । उहाँले ४ हजार ८०९ मत ल्याउनु भएको छ भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाउनु भएको छ ।

नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याउनु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *