भद्रपुर, ५ बैशाख–झापाको भद्रपुरमा गठबन्धन विजयी भएको छ । आज सम्पन्न अन्तिम परिणाम अनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल विजयी भए भने उपप्रमुखमा राप्रपाकी राधा कार्की निर्वाचित भइन् ।

नगर प्रमुखमा पोख्रेलले आफना प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार भएका असारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गर्द निर्वाचित भएका हुन् । भद्रपुरमा कांग्रेसले मेयर जितेर यसपटक इतिहास राख्न सफल भएको छ । पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले ९ हजार ७५९ मत ल्याएका छन् ।

त्यस्तै,राप्रपाका नवराज पनेरुले ६ हजार ३१०, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बु ६०८, जनता समाजवादीका समर कुमार राई ३६१, मंगोल नेशनल अर्गनाइजेसनका इन्द्र कुमार सुहाङ ३००, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कर्मकार ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ मत ल्याएका छन् ।

राप्रपाले पनि भद्रपुरमा इतिहास रच्दै उपमेयरमा बाजी मारेको छ । कांग्रेस र एकीकृत समाजवादी गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ६९७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भईन् । कार्कीले ९ हजार २३० मत ल्याउँदा राजभण्डारीले ८ हजार ५३३ मत ल्याएका छन् । यता नगरको वडामा रोचक परिणाम आएको छ ।

वडा १ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । वडा २ मा कांग्रेसका रामप्रसाद कँडेल वडा अध्यक्ष निर्वाचित भएका छन् । वडा न ३ मा राप्रपाका प्यानलसहित वडअध्यक्षमा हेमबहादुर कार्की निर्वाचित भएका छन् ।

वडा ४ मा माओवादीका हंशधर राजवंशी ,वडा ५ मा कांग्रेसका बन्धु कार्की, वडा ६ मा कांग्रेसकै रतिया राजवंशी र वडा ७ मा राप्रपाका अभिषेक ढुंगाना वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरि वडा ८ मा कांग्रेसका गौरव सुब्बा ,कवडा ९ मा एमालेका रामप्रसाद दाहाल र वडा १० मा एमालेका टेकबहादुर खडका वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *