हेटौंडा, ६ जेठ–हेटौंडामा करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेले हार स्वीकार गरेको छ। ७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत मात्रै गणना भएको छ।

गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी मीना लामाले एमाले उम्मेदवारसँग दुई हजार ७७ मतान्तर कायम राखेकी छन्। तर, तीन हजार ७ सय १८ मत गणना हुने क्रममा रहेको छ।

तर, एमाले उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गर्दै गठबन्धनकी उम्मेदवार लामालाई बधाई दिएका छन्। मतगणनास्थलमा आएर उनले लामालाई खादा लगाउँदै बधाई दिएका हुन्। अहिले हेटौँडा ९,१०,११,१२ र १३ नम्वर वडाको मतगणना जारी छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *