झापा, ७ असार–नेकपा (एमाले) ले झापा जिल्ला समन्वय समितिका लागि आफ्ना उम्मेदवार तय गरेको छ ।

जिल्ला पार्टी कार्यालयको बैठकले ७ जना समन्वय समिति सदस्य तय गरेको हो । समन्वय समिति प्रमुखमा दमकका विश्व बराल र उपप्रमुखमा बिर्तामोडका शान्ता रोक्काको नाम यस अघि नै टुङ्गो लागिसकेको थियो ।

समन्वय समितिको सदस्यहरूमा क्षेत्र नं १ बाट तुलसा काफ्ले बराल, क्षेत्र नं २ बाट रिता नेपाली, क्षेत्र नं ३ बाट देविका बस्नेत, क्षेत्र नं ४ बाट जुनु महरा र क्षेत्र नं ५ बाट कपिलमणि काफ्लेको नाम एमाले झापाले तय गरेको छ । जिल्ला सचिव शिव ढुंगेलका अनुसार अन्य दुईजना समन्वय समिति सदस्यहरूमा कनकाई नगरपालिकाका सन्तोष सोरेन र झापा गाउँपालिकाका जलाल अलीको नाम सिफारिस गरिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा भोलि असार ७ गते मंगलबार जिल्ला सभाको आयोजना गरेको छ । जिल्लासभामा झापाका १५ वटै पालिकाबाट प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष गरी ३० जनाको प्रतिनिधित्व रहनेछ ।

झापाका पालिकाहरूमा प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष गरी नेकपा एमालेबाट १७ जना निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेसबाट ९ जना र राप्रपाबाट ४ जना निर्वाचित भएका छन् । मतदाता संख्याको आधारमा नेकपा एमालेले सबै पदहरूमा निर्वाचन जित्ने निश्चितजस्तै छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *