चन्द्रडाँगी (शिबसताक्षी), ८ असार–वडाभित्र बसोबास गर्ने दलित समुदायको क्षमता विकास तथा उनीहरुलाई अभिमुखीकरण गर्ने उदेश्यले आज झापाको शिबसताक्षी–७ चन्द्रडाँगीस्थित वडा कार्यालयमा एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मदानी मिडिया प्रालीको आयोजना र शिबसताक्षी–७ वडा कार्यालयको आर्थिक सहयोगमा दलित समुदायको क्षमता विकास तथा अभिमुखिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
वडाकी दलित महिला सदस्य पुजा नेपालीको अध्यक्षतामा र वडा अध्यक्ष भवानी चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा मानव अधिकारकर्मी तथा पत्रकार नरेश खाती र बरिष्ठ अधिबक्ता तथा प्राध्यापक रोमनाथ विश्वकर्मले सहजिकरण गर्नुभएको थियो ।
सो कार्यक्रममा दतिल अधिकार समन्वय समितिका उपाध्यक्ष सन्त पोर्तेलको स्वागत मन्तब्य रहेको थियो । सो अवसरमा शिबसताक्षी नगर कार्यपालिका सदस्य कमल दर्नाल, कान्तिपुर दैनिकका पत्रकार समेत रहनुभएका समाजवादी प्रेष संगठनका केन्द्रीय सदस्य पर्वत पोर्तेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य इन्द्रकुमारी श्रेष्ठ, झिलझिलेका युवा व्यवसायी तथा दलित अधिकारकर्मी हरिसंखर सिलवाल, शुक्र माध्यमिक विद्यालयका शिक्षिका कविता रणपहेली लगायतको सहभागिता थियो ।
कार्यक्रम संयोजक तथा पत्रकार गोविन ल्वागुनले कार्यक्रममा सहभागिहरु, प्रशिक्षकहरु र आर्थिक सहयोग प्रदान गर्ने वडा कार्यालयप्रति धन्यवाद मन्तव्य राख्नुभएको थियो । सो अवसरमा ल्वागुनले शुक्र माध्यमिक विद्यालयमा अध्ययनतर ३ जना छात्रा र छात्रहरुलाई एक सुट विद्यालय पोशाक समेत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
कार्यक्रमलाई पत्रकार अनिलदेब राई र पत्रकार कृष्णचन्द्र सेलिङले सञ्चालन गर्नुभएको थियो ।
