काठमाडौं, १० असार–लगातारको बर्षाका कारण आज (शुक्रबार) देशका केही नदीहरूमा जल सतह उलेख्य बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आजदेखि नारायणी र यसका साना सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ ।
केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, तेहथुम, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर भई बग्ने केही साना नदीहरूमा बहाव बढ्ने जनाइएको छ ।
यस्तै सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, नवलपरासी ९बर्दघाट सुस्त पश्चिम०, पाल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
