काठमाडौं, १० असार–नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गरेका छन्। ओलीले युवाहरूमा राजनीतिप्रतिको आकर्षण सही भएको बताएका हुन्।

उनले युवाहरुसम्म राजनीतिक पार्टी नपुग्नाले युवाहरु आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए।

अध्यक्ष ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने समेत बताएका छन्।

बिहीवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने जनाएका छन्।

अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरुले राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताए।

उनले राजनीति र संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको उल्लेख गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *