काठमाडौं, १० असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्।

प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताउनु भएको हो। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित तुल्याएको गुनासो गरे।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरेपनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो।

‘हामीले प्रचण्डलाई लखेटेको होईन। प्रचण्डसँग त एकता नै गरिएको हो। तर प्रचण्डले एकता गर्दा पनि इमानदारिताका साथ गर्नुभएन। एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन र बेइमानीपूर्ण ढंगले हट्नुभयो।

एकताको निम्ति बनाईदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नुभयो। उनले भने, ‘पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो रु तपाईहरु आफैं विचार गर्नुस्।

पार्टी अध्यक्षमाथि गम्भिर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले। र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरुले। यो बडो दुःखद् कुरा थियो।’

ओलीले चरम सत्ताको दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परेपनि आगामी दिनमा जित सुनिश्चित रहेको दावी गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *