ब्याङ्डाडा (शिवसताक्षी), झापाको शिबसताक्षी नगरपालिकाले आज शुक्रबार आर्थिक बर्ष २०७९।८० को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
ब्याङ्डाडास्थित नगरपालिकाको भवनमा आयोजित दशौं नगर सभाको उद्घाटनको अवसरमा नगरकी उपप्रमुख नरमाया कार्कीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत नीति तथा कार्यक्रममाथी आजै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आ–आफ्ना राय तथा सुझावहरु राखेका छन् । प्रस्तुत गरिएका नीति तथा कार्यक्रममाथी नगर सभाद्वारा छलफलपछि पारित गरिने नगर प्रमुख रोशन थोप्राले जानकारी दिनुभयो ।
नगर उपप्रमुख कार्कीद्वारा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नगर प्रमुख रोशन थोप्रा, नगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन राई, बरिष्ठ कार्यक्रम अधिकृत प्रकाशचन्द्र चौधरी लगायत वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।
नीति तथा कार्यक्रममा आर्थिक बिकास सम्बन्धी नीतिहरु, उद्योग तथा बाणिज्य सम्बन्धी नीति, पर्यटन सम्बन्धी नीति, सहकारी सम्बन्धी नीति, शिक्षा सम्बन्धी नीति, स्वास्थ्य सम्बन्धी नीति, संस्कृती प्रवर्दन सम्बन्धी नीति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति, युवा तथा खेलकुद सम्बन्धी नीति, जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्याक्ति सम्बन्धी नीतिहरु छन् ।
त्यस्तैं, नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार सम्बन्धी नीति, नगर क्षेत्रभित्र सिचाईको विकासका लागि नीति, भवन तथा शहरी बिकास नीति, उपभोक्ता समितिबाट योजनाहरु सञ्चालन सम्बन्धी नीति, बन तथा भूसंरक्षण, बातबरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी नीति, फोहोरमैला व्यवस्थापन सम्बन्धी नीति, बिपत व्यवस्थापन सम्बन्धी नीति, खानेपानी तथा सरसफाई सम्बन्धी नीतिहरु छन् ।
त्यसैगरी, वित्तिय व्यवस्थापन नीति, राजस्व परिचालन आर्थिक उत्प्रेरणा सम्वन्धी नीति, आन्तरिक नियन्त्रण तथा लेखापरिक्षण नीति, सार्वजनिक सुनुवाई तथा समाजिक परिक्षण नीति, सुचना तथा सञ्चार व्यवस्थापन नीति, न्याय सम्पादन नीति, सुरक्षा व्यवस्थापन सम्बन्धी नीति, सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धीका नीतिहरु नगरपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएका छन् ।
उर्जा तथा बैकल्पिक उर्जा तथा संचारको बिकास एबम् प्रवर्दन सम्बन्धी नीति, आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ। शिवसताक्षी नगरबासी कृषिमा पेशामा धेरै भएको पनि नगरले आगामी बजेटमा कृषिलाई विशेष ध्यान दिएको पाएको छ ।
नगरको दुई स्थान शिवगञ्ज र झिलझिलेमा कृषि उपज संकलन, विक्री कक्षा तथा भण्डार केन्द्र निर्माण गरी सञ्चालनको लागि अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
आमा र माटोको सुधार, मान्सा नै औषधालय अन्तगत प्राङ्गारिक मलको प्रयोग, अग्र्यानिक खेतीलाई प्रोत्साहन र सहयोग गर्ने तथा बढी विषादी प्रयोग गर्नेलाई निरुसाहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विदेशबाट फर्किएका व्यक्तिहरु तथा बेरोजगार यूवाहरुलाई कृषि तथा पशु उद्यम प्रति प्रोत्साहन गर्न बैंक तथा सहकारी संस्थाहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
त्यस्तै, सिंचित क्षेत्रको विस्तारगरी उत्पादन बृद्धि गर्ने उद्देश्यले साना सिचाई मोटर जडान कार्यक्रम सञ्चालन गरिने छ ।
त्यसैगरी, शिक्षा क्षेत्रलाई आगामी वर्षको लागि विशेष प्याकेजद्वारा विद्यालयको शैक्षिक सुधार गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगरभित्रका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता दिदै एउटै रंग (कलर) गर्ने, विद्यालय पूर्वाधारतर्फ बालमैत्री बनाइने, शिक्षण सिकाई प्रकृयालाई सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोग र प्रभावकारिता बनाइने लगायतका योनजाहरु नीति कार्यक्रममा समेटिएको छ ।
नगरभित्रको स्वास्थ्य क्षेत्रको सुधार गर्दे नगरबासीका लागि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पताल निर्माण कार्यलाई निरन्तरता दिई आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा लाइने नीति तथा कार्यक्रममा समेटिएको छ ।
दीर्घ रोगबाट पीडित भएका नगरबासीका लागि क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई उपचारमा सहयोग मासिक रु ५ हजारका दरले उपलब्ध गराउने, सबै बाल–बालिकाको लागि खोपको सुनिश्चितता भई नगरलाई पूर्ण खोप सुचिश्चितताको रुपमा घोषणा गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि वडाध्यक्ष तथा वडा सदस्यहरुले केही बुँदाहरु परिमार्जित गर्नु पर्नै सुझाब राखेका थिए । उक्त सुझावहरुलाई छलफलमा ल्याएर ६ गतेभित्रमा पुर्ण बजेटसँगै प्रस्तुत गर्ने नगर प्रमुख थोप्राले जानकारी दिए ।
