धरमपुर, १० असार–झापाको शिवसताक्षी–२ धरमपुरका नेपाली कांग्रेसका वडा सभापति र वडा सचिवले पार्टी परित्याग गरेर राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । महाधिवेशनबाट निर्वाचित काजीमान बुढाथोकी र सचिव मानबहादुर थापाले संयुक्त रुपमा कांग्रेस पार्टि परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् ।

राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेन र राप्रपा झापाका सचिव केशब ओझाले बुढाथोकी र थापालाई पार्टीमा प्रवेश गराउदै स्वागत गरेका थिए । बुढाथोकी शिबसताक्षी नगरकै सामाजिक क्षेत्रमा सक्रिय हुन् ।

गत स्थानिय निर्वाचनमा गठबन्धनको दवावमा परेका बुढाथोकीले कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएपछि स्वतन्त्र रुपमा उमेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार रहेका उनले झण्डै ८ सय मत प्राप्त गरेका निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

बुढाथोकी शिवासताक्षी क्षेत्रकै लोकप्रिय व्यक्तिको रुपमा परिचित छन् । आफूले टिकट पाएको भए सहजै जित हात पार्ने विश्वासमा रहेका उनि सोही कारणबाट नेपाली कांग्रेससंग असन्तुष्ट रहेका बताइन्छ । बुढाथोकी र थापा राप्रपा प्रवेश गरेसँगै शिवसताक्षी कांग्रेसमा गंभीर हलचल ल्याएको बताईन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *