धरमपुर, ११ असार–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा रहेको वडा कार्यालयले वडाभित्रका पिछडिएका बर्ग र बिपन्न परिवारका पाँच जना विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ ।
वडाभित्र बसोबास गर्ने पिछडिएका बर्ग र बिपन्न परिवारका पाँच जना विद्यार्थीहरुलाई विद्यालय आवत–जावत गर्नमा सहज बनाउन वडा कार्यालयले पाँच थान साइकल बितरण गरिएको हो ।
वडा अध्यक्ष भीम नेम्बाङका अनुसार वडाभित्र पिछडिएका बर्ग र बिपन्न परिवारका बालबालिकाहरुलाई प्रोत्साहन वापत साइकल बितरण गरिएको हो । वहाँले पिछडिएका बर्ग र बिपन्न परिवारका बालबालिकाहरु विद्यालयमा अध्ययनका लागि पुग्ने गरेपनि घरायसी काम र समस्याले पठन–पाठनमा नियमित हुन नसेको भन्दै वडा कार्यालयले साइकल बितरण गरिएको वडा अध्यक्ष नेम्बाङले बताउनुभयो ।
वडा कार्यालयम आयोजित कार्यक्रममा विद्यार्थीहरु साइकल पाएपछि उत्साहित बनेका छन् । घरदेखि बिद्यालय समयमा नपुग्ने र पुरा समयसम्म अध्ययन गर्न नपाएका विद्यार्थीहरु साइकल पाएपछि उत्साहित बनेका हुन् ।
साइकल पाउनेहरु मोती माध्यमिक विद्यालय र भानू माध्यमिक विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीहरु छन् । सो क्रममा वडा अध्यक्ष नेम्बाङले शैक्षिक उन्नती र प्रगतीको निम्ति वडा कार्यालयले बजेट मार्फत पिछडिएका बर्ग र बिपन्न परिवारका बिद्यार्थीहरुलाई साइकललाई बितरण गरिएको बताउनुभयो ।
