झिलझिले, ११ असार–झापाको शिबसताक्षी नगरपालिकामा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।

दलित अधिकार समन्वय समिति शिबसताक्षी नगर समितिले आयोजनना गरेको कार्यक्रममा नगरका ११ वटै वडाबाट निर्वाचित दलित महिला सदस्य र नगर कार्यापालिका सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री समेत रहनुभएका झापा निर्वाचन क्षेत्र न ४ (१) का सांसद झलकबहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकामा नव निर्वाचित नगर प्रमुख मोघाहाङ थोप्रा, उप–प्रमुख नरमाया कार्की, जिल्ला समन्वय समिति सदस्य जुनु महारा लगायत नगर कार्यापालिका सदस्यहरु र वडाका दलित महिला सदस्यहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा नगर प्रमुख थोप्रा, उपप्रमुख कार्की, जिल्ला समन्वय समिति झापाका सदस्य महारा, दलित समन्वय समितिका सल्लाहकार संयोजक ज्ञानेन्द्र शंकर लगायतले आ–आफ्ना बिचारहरु राखेका थिए ।

दलित अधिकार समन्वय समिति शिवसताक्षी नगर अध्यक्ष खगेन्द्रबहादुर लम्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तकुमार पोर्तेलको रहेको थियो भने सञ्चालन सचिव पूर्ण लकान्द्रीले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *