तनहुँ, १३ असार–मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा भानु नगरपालिका-९ निवासी ४५ वर्षीय तारा थापा रहेकी छन् ।

मोबाइल चार्ज गर्ने क्रममा प्लक (टुपिन) बाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएकी महिलाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

मृतक महिलाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *