काठमाडौं, १४ असार–मौसम बदलीका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।
काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मंगलबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।
बुटवल-पाल्पा सडक खण्ड लगायतका कतिपय स्थानमा सडक यातायात समेत अवरुद्ध भएको छ ।
