झिलझिले, १४ असार–झापाको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामदेखि झिलझिलेहुदै दक्षिणी क्षेत्र धौलीचौक जनता महामाभार जोड्ने निर्माणधिन सडक खण्डमा पर्ने खोलाको कजबे बर्षाले क्षति पुरयाएको छ ।

झिलझिले खोलामा आएको बाढीले झापा शिवसताक्षी–७ लालझोडास्थित कजवेमा क्षति पुर्याएको हो ।

कजवेमा क्षति पुगेपछि सवारी साधानको आवगम बन्द भएको छ । लालझोडा स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुलाई प्रभावित हुने भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले जानकारी दिए । उनका अनुसार विद्यालय बसमा आउने झिलझिलेदेखि लालझोडा सम्मका विद्यार्थीहरुलाई समस्या भएको हो ।

उक्त कजवेले शिवसताक्षी ७ र ८ मा पनि सवारी साधानको आवगमन बन्द भएको छ । बाढीले कजवेको दुवै तर्फबाट मुखमा कटान गरी क्षति पुर्याएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *