मोरङ, १४ असार–आफ्नै स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु ज्यान गएपछि मोरङको रंगेली बजार मंगलबार तनावग्रस्त बनेको छ ।

रंगेली नगरपालिका(७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढने ५ वर्षीय बालक ऋतिक मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बसले एलकेजीमा पढने पाँच वर्षीय ऋतिक र सनमकुमारी मण्डललाई किचेको थियो । सनम सख्त घाइते छिन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

मृतक ऋतिक रंगेली(७ का महादेव मण्डलका छोरा र घाइते सनम रंगेली ६ नरेश मण्डलकी छोरी हुन् ।

विद्यालय छुट्टी भएपछि उक्त बसले विद्यार्थी लिन विद्यालय परिसरमा आउँदै गरेको अवस्थामा दुई बालबालिकालाई किचेको थियो । घटनापछि आक्रोशित स्थानीयले विद्यालयका दुई वटा बस तोडफोड गरेका छन् ।

साथै रंगेली(भद्रपुर हुलाकी मार्ग अवरुद्ध गर्दै सयौं स्थानीयले विद्यालय घेराउ गरेका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बताए पनि नाम खुलाएको छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *