धरमपुर, १५ असार–झापाको शिबसताक्षी–२ मंगलबारे बजारस्थित वडा कार्यालयमा आज (बुधबार) लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ ।
वडा कार्यालयको आयोजनामा भएको एक दिने गोष्ठीमा युवाहरुलाई लागु औषध दुव्र्यसनीबाट बचाउन र लागु औषध दुव्र्यसनी भनेको के हो र यसलाई नियन्त्रण सम्बन्धी युवाहरुलाई संंचेतना गराइएको थियो ।
मंगलाबारे बजारस्थित वडा कार्यालयको भवनमा सम्पन्न गोष्ठीमा वडा अध्यक्ष भीम नेम्बाङको अध्यक्षता रहेको थियो ।
गोष्ठीमा केर्खास्थित प्रहरी चौकीका प्रमुख प्रनानी सुवास मिश्र, प्रिड्रम फाउन्डेसन काँकडिभिट्टाका सञ्चालक सन्दिप थापा र नयाँ गोरेटो फाउन्डेसन डुडामारीका सञ्चालक दिनेश लिम्बूले सहजिकरण गर्नुभएको थियो ।
वडाका ५० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको कार्यक्रममा लागु औषध दुव्र्यसनी सम्बन्धी विभिन्न घटनाहरु र त्यसबाट उत्पन्न समस्यासहित कानूनी प्रकृयाका बारेमा जानकारी गराइएको थियो ।
गोष्ठीमा सहभागिहरुले लागु औषध दुव्र्यसनी सम्बन्धी आ–आफ्ना सवाल र जिज्ञासाहरु राखेका थिए ।
गोष्ठीमा शिबसताक्षी २ का वडा सदस्य भोजकुमार ढकाल, वडा सदस्य यामबहादुर राई र वडा सचिव खेमनाथ दुलाल, स्थानीय युवा नेता तथा सामाजिक अगुवा खगेन्द्र कुलुङ राई, सञ्जिब राई लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
