दमक, १६ असार–झापाकापे दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार बिभाग प्रमुखमा कार्यरत दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४ चुलाचुली मोेडमा बुधबार राती ११।२० बजे ट्रकको ठक्करबाट घाईते दमक ९ का अन्दाजी ३६ बर्षिय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र। १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *