दाङ, १७ असार–दाङमा पुल बनाउन खोलामा खनेको खाडलमा डुबेर एकजना ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका-८ निवासी रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनको शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ राङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

रिनाका पति सोही गाउँपालिकास्थित अग्नि सिमेन्ट कम्पनीमा काम गर्दै आएको र पतिसँग भेट्न गएको समयमा आमासँगै कपडा धुन र नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको हो। मृतक बालिकाको पोस्टमार्टमको लागि लमही अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *