दमक, १९ असार-लायन्स क्लब अफ दमक माउन्ट मकालुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका निवर्तमान अध्यक्ष राजन प्रसाईंले अध्यक्ष अनिल सुवेदीलाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम लायन्स कम्प्याक्ट चिफ ज्ञाननाथ पौडेल, डिस्ट्रिक चेयर पर्सन दिवस राई, अर्को लायन लिडर कमल उदास सहभागी भएका थिए ।
कार्यक्रममा पौडेलले परोपकारी कार्यमा लायन्सको उल्लेखनीय योगदान रहेको बताए । उनले दमकमा भएका सबै क्लबले समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
क्लबका सचिवमा विवेक दाहाल, प्रथम उपाध्यक्ष नविन भट्टराई, तृतीय उपाध्यक्ष रुद्र कार्की चुनिएका छन् ।
