काठमाडौँ, २० असार-संघीय संसदको प्रतिनिधिसभा बैठक आज (सोमबार) बस्दैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्धमा पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *