दमक, २० असार–झापाको दमक नगरपालिकाले दमकमा सञ्चालित सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रयोग गरिने सेनेटरी प्याड खरिद प्रकृयामा उत्पन्न बिबादप्रती नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०७८।०७९ अन्तर्गत सेनेटरी प्याड खरिदमा जनप्रतिनिधि र कर्मचारीबीच आर्थिक चलखेल भएको भन्दै एकीकृत समाजवादी नगर कमिटीका अध्यक्ष महेश घिमिरेद्वारा आज प्रेष विज्ञप्ती प्रकाशन गर्दै सो घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
संघीय सरकार मार्फत सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रयोग गरिने सेनेटरी प्याडका लागि बजेट पठाउदै आइरहेको छ । संघीय सरकारले आर्थिक बर्ष २०७८।०७९ मा रु ३४ लाख बजेट पठाएको थियो । विद्यार्थी संख्याको अनुपातमा रु ३३ लाख ९७ हजार ८६ रुपैया बराबारको सेनेटरी प्याड खरिदका लागि बजेट बिनियोजन गरेको थियो ।
प्याड खरिद प्रकृयामा व्यापाक आर्थिक चलखेल भएको प्रेष बिज्ञप्तीमा उल्लेख छ ।
आर्थिक बर्ष पुरा हुने समयमा हतार हतार सेनेटरी प्याड खरिदका प्रकया अघि बढाएको हो । खरिदका लागि व्यवसायीक कम्पनीहरुबीच प्रतिस्पर्धा गराइएको छ तर त्यसमा समेत आर्थिक चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ । बोलपत्र मुल्याङकन समितिले अस्विकार गरेको कम्पनीबाटै सेनेटरी प्याड खरिद गर्ने तत्कालिन नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य बिभागिय कर्मचारीहरुले निर्णय गरेको थियो ।
विज्ञप्तीमा ‘नगरपालिकाको चलखेलले दमकका १७ वटा सामुदायिक विद्यालयका ३३ सय छात्राहरुले दुई वर्षदेखि पाएनन् सेनेटरी प्याड’ शिर्षकको समाचार प्रकाशित भएको भन्दै पार्टी नगर कमिटीको ध्यानाकर्षण भएको जनाएको छ । पत्रिकामा समाचार प्रकाशित भएपनि नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु मौन बसिरहेको सो प्रेष बिज्ञप्तीमा दुखेसो व्यक्त गरिएको छ ।
जनप्रतिनिधिहरु र कर्मचारीहरुले घटनाका बारेमा सत्य र तथ्य कुरा सार्वजनिक गर्नुपर्नेको सट्टा मौन बस्नुले थप आशंका उब्जाएको बिज्ञप्तीमा भनिएको छ । घट्नाका यथार्थ बिबरण सार्वजनिक गर्न तत्काल छानबिन समिति गठन गरिनुपर्ने समेत नेकपा (एककीकृत समाजवादी) दमक नगर कमिटीले माग गरेको छ ।
दमकमा १७ वटा सामुदायीक विद्यालयहरु छन् । १७ वटा विद्यालयमा ३३ सय छात्राहरु अध्ययनरत छन् ।

