डुडामारी, २० असार–झापाको शिबसताक्षी–८ डुडामारी चौक उत्तरतर्फ रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा नवनिर्मित शिवालय मन्दिरको आज बिधिवत रुपमा उद्घाटन गरिएको छ ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको डुडामारी बजारको उत्तरतर्फ बन क्षेत्रमा स्थानीयवासीको सक्रियतामा निर्माण भएको शिवालय मन्दिरको आज गोलक गोवद्र्धन गौशालाका संरक्षक तथा संस्थापक नन्दकिशोर भारधोजले उट्घाटन गर्नुभएको हो ।
शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा मन्दिरको उट्घाटन गरिएको स्थानीय बुद्धिजिवी एबम् सामाजिक अगुवा कमल पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार मन्दिर उट्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नन्दकिशोर भारधोजले धार्मीक र सांस्कृतिक क्षेत्रको संरक्षण र समर्वदनमा देबालय मठमन्दिरहरु निर्माण हुन जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा शिबसताक्षी–८ का वडा अध्यक्ष सन्त फेउदेन लिम्बू, डुडामारी बजार व्यवस्थापन समितिका अध्यक्ष सन्त आङदम्बे, बुद्धिजिबी एबम् शिक्षासेवाी कमल पौडेल लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मन्दिरको उद्घाटन कार्यक्रममा अथितिहरुले डुडामारी बजार र चौकको विकास र प्रवर्दनमा शिवालय मन्दिरले ठूलो योगदान पुग्नेमा आशा ब्यक्त गर्नुभयो ।
मन्दिर उद्घाटन कार्यक्रममा पुजा पाठ गरिनुका साथै सहभागि भक्तजनहरुलाई प्रसाद बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सन्तोस श्रेष्ठले गर्नुभएको थियो ।
