काठमाडौँ, २१ असार–अर्थमन्त्री जनार्दन शर्माबारे सडक र संसदमा प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा गत जेठ १४ गते मन्त्रालयमा अनाधिकृत व्यक्ति सहभागी गराएको विषय नेकपा माओवादी केन्द्रका लागि समेत टाउको दुखाइ बन्न पुगेको छ ।

मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले अर्थमन्त्री शर्माको विवादित भूमिकाबारे कुरा उठाएका थिए ।

पूर्व स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गरेर निणर्य लिने नेताहरुलाई बताएका छन् । ‘एमालेले हिजो संसदमा अर्थमन्त्रीबारे उठाएको कुरा आजको बैठकमा केही नेताहरुले राख्नु भएको थियो,’ गजुरेलले भने, ‘अध्यक्षले सभामुख र प्रधानमन्त्रीसँग छलफल गरेर निणर्य लिने बताउनु भएको छ ।’

अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्नुपूर्व अर्थ मन्त्रालयमा अनाधिकृत मान्छे प्रवेश गराएको भन्दै चर्को आलोचना भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले समेत अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

तर, जेठ गत जेठ १४ गते रातिको उक्त सीसीटीभी फुटेज डिलिट भइसकेको स्पष्टीकरण अर्थ मन्त्रालयको दिएको छ । तर कानुनले सरकारी निकायको सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने भनेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *