काठमाडौँ, २२ असार–नेकपा (माओवादी केन्द्र) ले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ ।

आइतबारदेखि काठमाडौँमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो ।

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको छलफलले पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *