काठमाडौं, २२ आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै शुरु भएको छैन । सभामुख अग्निप्रसाद सापकोटा संसद वैठक छाडेर छलफलमा लागेका छन् ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्दशर्मा कोइराला, कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलगायतका सांसदहरूबीच छलफल भइरहेको सभामुखको सचिवालयले जानकारी दियो ।

अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको बुझिएको छ । प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्रीको राजीनामा माग्दै आएको छ । आजको बैठकमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *