काठमाडौ, २२ असार–देशभर आज (बुधबार) थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिनुभयो ।
पछिल्लो केहि दिनयता निरन्तर नेपालमा कोभिड-१९ का बिरामीको संख्या बढ्दै गइरहेका
छन्।
बढीमात्रामा अन्तर्राष्ट्रिय प्रवेश नाकाहरुबाट नेपाल प्रवेश गर्ने यात्रुहरुमा कोभिड परीक्षण गर्दा संक्रमण दरमा वृद्धि भएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा ४७ जनामा कोभिड-१९ कासंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिनुभयो ।
