एजेन्सी, २४ असार–स्पेनिस राफेल नाडालले अन्तत विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन्। पेटको चोटका कारण सेमिफाइनल प्रवेश गरेका नाडालले विम्बल्डनका बाँकी खेल त्याग्ने निर्णय गरेका हुन्।
सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसकोविरुद्व खेल्ने तालिका थियो। बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ ९१०–४० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए। ३६ वर्षीय नाडाल प्रतियोगिताका दौरान फिटनेसका लागि निकै संघर्ष गरिरहेका थिए।
अष्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नाडालको वर्षको तेस्रो ग्राण्ड स्लाम जित्ने लक्ष्यमा थिए तर चोटका कारण उपाधि भन्दा २ जित टाढा रहँदै नखेल्ने निर्णयमा पुगे।
नाडाल कीर्तिमानी २२औँ ग्राण्ड स्लामका विजेता हुन्। नोभाक जोकोभिच र रोजर फेडेररको नाममा समान २० ग्राण्ड स्लाम रहेका छन्।
नाम फिर्ता लिँदै नाडालले भने, ‘म आफ्नो करिअरमा थकानका बाबजुत कैयौँ पटक अघि बढ्न प्रयास गरिरहेँ। तर यी सबैभन्दा खराब भनेको चोट हो’, उनले थपे, ‘यो निर्णयमा पुग्न लागि मैले पूरै दिन सोचेको थिएँ। तर यो निर्णय लिन त्यति सजिलो थिएन। दुःखी छु।’
नाडालले नाम फिर्ता लिएसँगै किर्गियोस भने पहिलो पटक ग्राण्८ स्लामको फाइनलमा प्रवेश गर्ने पक्का भएको छ।
