काठमाडौ, २४ असार–काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई जनामा हैजामा पुष्टि भएको हो ।

दुवै जना हैजाका बिरामीको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कागेश्वरी मनहरा नगरपालिकाका ६ वर्षीय बालक र ५८ वर्षीय काठमाडौं–१३ का पुरुषमा हैजा पुष्टि भएको हो ।

यससँगै हैजा पुष्टि हुनेको संख्या २३ जनामा पुगेको छ । कागेश्वरी मनहराका बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ५८ वर्षीय पुरुषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *