दमक, २५ असार–कृषि क्षेत्रमा बढ्दो आधूनिकरण र बिषादीको प्रयोगले मानव स्वास्थ्यसँगै वातबरणमा पारिरहेको प्रभावलाई नियन्त्रण गर्न झापका अगुवा युवा कृषकहरुले प्रङगारीक कृषि प्रवद्र्धन नेपाल (ओएसी नेपाल) संस्था स्थापना गरेका छन् ।
पछिल्लो समयमा कृषकहरु रसायनिक मल र बिषादीतर्फ आर्कषित भएर माटोको उर्वरता र वातबरणलाई क्षति गरिरहेको भन्दै झापाका अगुवा कृषकहरुले केही दिनअघि ओएसी नेपाल संस्था स्थापना गरेका हुन् ।
संस्थाका संस्थापक एबम् निरीक्षक राजु भट्टराईका अनुसार धेरै भन्दा धेरै कृषकहरुलाई यस संस्थाभित्र समेट्ने अभियानमा छौं । उनले अहिले हामी स्थापनाकालमा भएकोले पहिलो चरणमा कृषकहरुबीचमा संस्थाको उदेश्य र लक्ष्य सम्बन्धी संचेतना कार्यक्रमहरु सञ्चालन गरिने बताए ।
रसायनिक मल र विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पारिरहेको प्रतिकुल प्रभाव र भयाबह अवस्थाबारे कृषकहरुलाई संचेतना र जागरुकता फैलाउने संस्थाको प्रमुख लक्ष्य रहेको संस्थापक एवम् निरीक्षक भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार खासगरी, पिजिएस र आइसियस माध्यमद्वारा प्रङगारीक प्रमाणिकरण गर्नलाई संस्थाले सहजिकरण गर्ने छ । उनले रसायनिक मल र विषादी रहित उत्पादनलाई प्रोत्साहन गर्न यो संस्थाको उदेश्य रहेको बताए ।
प्राङ्गारिक कृषिका साथसाथै प्राङ्गारिक पशुपंछी तथा मत्स्यपालन, जैविक मलको उत्पादन तथा प्रयोगदेखि प्राङ्गारिक प्रमाणिकरणसम्मका बिषयमा सरोकारवाला संघसंस्था र कृषकहरुबीच सहकार्य, समन्वय तथा सहजीकरण गर्नेछ ।
झापाको सवै स्थानीयतह र कृषि सहकारी संघसंस्थाहरु यस संस्थामा आवद्ध हुन सक्ने भट्टराईले जानकारी दिए । उनले स्थानीय स्तरबाटै रसायनिक मल र विषादीलाई बिस्थापित गर्दै जैविक मल र जैविक बिषादीको प्रतिस्थापन गर्ने संस्थाले अभियानका रुपमा कार्यक्रमहरु सञ्चालन गरिहेको बताए ।
